१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाउने


0
Shares

माओवादी केन्द्रको शनिबार बसेको बैठकले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाउने निर्णय गरेको हो । बैठकले सरकारलाई दिएको समर्थनसमेत फिर्ता नलिने निर्णय गरेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने आशंका गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेपछि माओवादीले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता नलिने र मन्त्रीहरुलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रले निर्धारित् समयमै निर्वाचन होस् भन्नका लागि सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको जनाएको छ ।

बैठकले प्रधानमन्त्री देउवाले गरेको मन्त्रिपरिषद विस्तार आचारसंहिताविपरीत एवं गलतकार्य भएको ठहर गरेको छ ।

बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।

भेटवार्तामा दाहालले बैठकले गरेका निर्णयबारे जानकारी दिँदै मन्त्रिपरिषद विस्तार गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको बताइएको छ ।

उनले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएपछि ढुक्क भएर निर्वाचन गराउनेतर्फ केन्द्रित रहन प्रधानमन्त्री देउवालाई सुझाव दिएको बताइएको छ ।