२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्याङ्जामा राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने


0
Shares

आयोजक कनेक्टिङ सेन्टर वालिङले शनिबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म मेला सन्चालन हुने जानकारी दिएको हो ।

मेलामा स्थानीय कृषि उत्पादनका विभिन्न स्टलहरु रहनेछन् । स्थानीयस्तरमा निर्मित वस्तु तथा सेवाहरु पनि प्रदर्शनीमा राखिनेछ ।

यस्तै, स्थानीय धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी पनि मेलामा हुने बताइएको छ ।

मेलामा स्थानीय मौलिक कला, विभिन्न जातिका भेषभूषा, संस्कृतिहरु हेर्न पाइनेछ । प्रत्येक दिन ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

१३ दिनसम्म चल्ने मेला वालिङस्थित खेल मैदानमा हुनेछ ।

‘धार्मिक, सांस्कृतिक एवं पर्यटनलाई प्रबद्र्धन गरौं, भ्रमण वर्ष २०१७ सफल पारौं’ भन्ने नाराका साथ मेलाको तयारीलाई तीव्रता दिइएको कनेक्टिङ सेन्टरका अध्यक्ष एवं मेलाका संयोजक ध्रुवप्रसाद सुवेदीले बताए ।

प्रदेश नम्बर–४ को मध्येभागमा पर्ने स्याङ्जा प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको छ ।