
तीन वर्षअघि सन्चालन गरेको ‘पेट्स’ परियोजनाको प्रतिवेदन सार्वजनिक गर्न संघले राजधानीमा गरेको कार्यक्रममा च्याङ्ग्रा पश्मिनाको नामबाट ४७ देशमा ‘ट्रेडमार्क’ दर्ता गराएको जानकारी गराइएको हो ।
यो परियोजनाले पश्मिनाको उत्पादन विविधिकरणमा महत्वपूर्ण योगदान पुर्याएको संघले जनाएको छ ।
नेपालको पश्मिना उद्योगमा ५ अर्ब रुपैयाँ बराबरको लगानी रहेको संघले जनाएको छ । पश्मिना उद्योगले २५ हजारलाई प्रत्यक्ष एवं १ लाखभन्दा बढिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको संघले जनाएको छ ।
कार्यक्रममा च्याङ्ग्रा पश्मिनाबाट बनाइएको उत्पादनको प्रबद्र्धन गर्न ‘फेशन शो’ पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्