२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


बालविवाह रोके बोको बलि दिने धम्की


0
Shares

बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर चम्किला तारा किशोरीबृत्तकी सचिब जानकी चन्दले बताइन् ।

गाउँमा बालविवाह रोक्दा जसको विवाह रोकियो उसका अभिभावकले मन्दिरमा बोकाको बलि चढाउने धम्की दिने गरेको उनले बताइन् ।

उनले बोकाको बलि दिन्छौ भन्ने कुराले आफूहरुलाई सताएको सुनाइन ।

यस्तै बालविवाह न्यूनिकरण अभियानमा लागेका किशोरीहरुलाई मन्दिरमा बोकाको बलि दिई घात गर्छु भनी गाउँलेहरुले धम्काउने गरेको मेलौली गाउँपालिका–२ सलेनाकी कुन्ती भट्ट भनाइ छ ।
-राजधानी दैनिकबाट