२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?


0
Shares

सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन ।

साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन ।

लेखा समितिले चित्रबहादुर केसीको अध्यक्षतामा गठित २१ सदस्यीय छानविन समितिले विभिन्न २१ विषय र क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो ।

संसदीय समितिले १२ बर्ष अघि हराएको ३ सय ५० रोपनी जग्गा खोज्नु, लगतको जग्गा प्रतिब्यक्ति र संस्थाले अतिक्रमण गरेको र मित्रपार्कको मठ रहेको जग्गा दुरुपयोग भएकाजस्ता विषय कोषको ध्यानाकर्षण गराए पनि अझै कुनै उपलब्धी हुन सकेको छैन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट