११ असार २०८२, बुधबार | Wed Jun 25 2025


प्रदेश र प्रतिनिधिसभामा निर्वाचनमा दैलेखमा कुन दलको कती भोट ?


0
Shares

 

यसअघि भएको स्थानीय तहमा नेकपा एमालेले तीन नगरपालिकासहित सात  स्थानीय तह जितेको थियो भने कांग्रेसले एक नगरपालिकासहित चार तह जितेको थियो ।

माओवादी केन्द्र र अन्य साना दलहरुले कुनैपनि स्थानिय तह जित्न सकेनन् । अहिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले जोड घटाउ सुरु गरिसकेका छन् ।

यहि मतपरिणामलाई आधार मान्दा आगामी मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभामा दलहरुले आ–आफ्नो दाबी गर्न थालेका छन् ।

रोचक के छ ?

अहिले देशको राजनीति दुइ धुव्रमा विभाजित भएको छ । एकातिर वाम गठबन्धन भने अर्कोतिर लोकतान्त्रिक गठबन्धन यसले देशको राजनीतिक तरगिंत बनाइदिएको छ ।

हुन त दैलेख जिल्लामा गत बैशाखमा भएको  स्थानीय तह निर्वाचनलाई हेर्दा मुख्यगरी एमाले र कांग्रेस विजयी भएका छन् भने माओवादीले कुनै स्थानिय तहपनि जित्न सकेन् ।

यता राप्रपाले र मजदुर किसान पार्टीले पनि केही स्थानिय तहका वडाहरु जितेका छन् । अब हुने प्रदेश प्रतिनिधिसभामा कुन पाटीले बाजी मार्ला यस्तो छ अकंगणित ।

स्थानिय तहमा जिल्लाभरको जम्मा भोटमा नेकपा (एमाले) ले ३८ हजार ५ सय २२ मत प्राप्त गरेको छ भने ३७ हजार ५ सय ६१ नेपाली काँग्रेसको पक्षमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले कुनैपनि  स्थानीय तह नजितेपनि उसको पक्षमा ११ हजार ५ सय ३२ मत रहेको छ । भने राप्रपासँग १६ सय ७२ मत रहेको छ । राप्रपाले केही स्थानीय तहका वडाहरु जितेको छ ।

त्यस्तै मजदुर किसान पार्टीको पक्षमा ४ हजार ९ सय ४३ मत र जनमोर्चाको पक्षमा ४ सय ८ मत रहेको छ ।

यसका आधारमा हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ५० हजारभन्दा माथी मत रहेको छ भने लोकतान्त्रिक गठबन्धनसँग करिब ४० हजार मत रहेको छ ।

यसको आधारमा हेर्दा समग्र जिल्लाभरमा लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा कमजोर देखिन्छ । अहिले ७ हजार ९ सय मतदाता दैलेखमा थपिएका छन् ।