२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ब्राईटनले एभर्टनलाई बराबरीमा रोक्यो, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा


0
Shares

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनले एभर्टनलाई १-१ गोलको बराबरीमा रोक्दा साउथह्याम्प्टन र न्युकासल युनाईटेडले पनि २-२ गोलको बराबरी खेलेका छन् ।

यो बराबरीपछि एभर्टन अंक तालिकामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

यो सिजन खराब प्रदर्शन गरिरहेको एभर्टनले ८ खेलबाट ८ अंक मात्रै जोडेको छ ।

तालिकामा २२ अंकको साथ म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा २० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।