
लामो समयदेखि फोक्सोको अर्बुदरोगको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगन्ज, कपनमार्गमा निधन भएको हो ।
रसुवा जिल्लाबाट जनप्रतिनिधिकारुपमा उनले लामो समयसम्म मुलुकमा राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए ।
उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
स्व. आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको मंगलबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच, उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले आचार्य निवास पुगेर स्व. आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै उनको परिवारजनप्रति सहानुभूति र समवेदना प्रकट गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्