३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दी


0
Shares

प्रतिष्ठानमा कार्यरत् अहेब, अनमी, ल्याव असिस्टेन्टलगायतका तह मिलान प्रक्रियाले सिनेट बैठकमा प्रवेश नपाएको भन्दै अस्पतालका कर्मचारी आन्दोलित हुँदै बुधबार तालाबन्दी गरेका हुन् ।

कर्मचारी आन्दोलनका कारण अस्पतालका आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द भएका छन् ।

आन्दोलनका कारण टाढा–टाढाबाट आएका बिरामी मारमा परेका छन् ।

कर्मचारीका माग सम्बोधन गर्न समिति बनाइएको भन्दै प्रतिष्ठानका मेडिकल निर्देशक पुजन रोकायाले तालाबन्दी खोल्न आग्रह गरेका छन् ।