
नेपालबाट भारत निकासी बन्द भएपछि पूर्वीनाका काँकडभिट्टामा ठूलो मात्रामा अदुवा अलपत्र परेको छ ।
एक करोड रुपैयाँभन्दा बढी मूल्यको अदुवा कुहिने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् ।
गत वर्ष पनि भारतीय पक्षले विषादी मिसिएको आरोप लगाउँदै नेपाली अदुवाको निकासीमा अवरोध गरेको थियो ।
नेपाली अदुवामा वस्तु तथा सेवा कर जीएसटी लागू गर्ने भारतीय भन्सारको निर्णयपछि सातायता अदुवा निकासी ठप्प भएको मेची भन्सार कार्यालयका अधिकृत गणपति कँडेलले बताए ।
नेपाली व्यवसायीले ‘ड्राइ’ नभएर कच्चा अदुवा भएकाले जीएसटी लागू नगर्न भारतीय भन्सारलाई आग्रह गर्दै आएका छन् ।
पूर्वीपहाडी जिल्लाबाट संकलन गरिएको अदुवा झापाको काँकडभिट्टा नाका हुँदै भारत निकासी गर्ने गरिएको छ ।
नेपाल अदुवा उत्पादक संघकाअनुसार झापासहित मेचीका चार जिल्लामा वार्षिक ७० हजार टनभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्