Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


संखुवासभा विद्युत्मा आत्मनिर्भर


0
Shares

संखुवासभा, पुस २१ । संखुवासभा जिल्ला विद्युत्मा आत्मनिर्भर भएको छ ।

जिल्लामा रहेका स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सन्चालनले जिल्लामा लोडसेडिङको अन्त्य भएको हो ।

संखुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेकोमध्ये सभाखोलाबाट ४.४ मेगावाट, हेवाखोलाबाट ३.२ मेगावाट, पिलुवा–१ बाट ३ मेगावाट र लोवर पिलुवाबाट १ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

जिल्लामा १० भन्दा बढी साना खोलाबाट ‘माइक्रोहाइड्रो’ सन्चालन गरी स्थानीयवासीले विद्युत् सेवा लिइरहेका छन् ।

जिल्लाको अरुण नदीमा ठूला ‘प्रोजेक्ट’कारूपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो, माथिल्लो अरुण, अरुण चौथो र अरुण दोस्रोकोसमेत ‘सर्भे’ भइसकेको छ भने सबैभन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ ।