२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कांग्रेस बैठक माघ १० मा


0
Shares

काठमाडौं, पुस २१ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिए ।

बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा कांग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । रासस