१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बैतडीमा क–कसले गराए उम्मेदवारी दर्ता ?


0
Shares

नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन तथा नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनसहित उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि कांग्रेस र राप्रपाको गठबन्धनका तर्फबाट कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, वाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभाका लागि दुईओटा निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धन र वा मगठबन्धनका साथै अरु दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभातर्फ बैतडी क्षेत्र नम्बर–१ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका हरिमोहन भण्डारी, वा मगठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैलले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, बैतडी क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्द, वा मगठबन्धनका तर्फबाट एमालेका लीलाधर भट्टले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

उम्मेदवारी दर्ता गराउन विभिन्न पार्टीका उम्मेदवारहरु प्रस्तावक, समर्थक र बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

शान्तिपूर्णरुपमा उम्मेदारको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।