Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


भैरहवा-परासी सडकखण्ड औद्योगिक करिडोरको रुपमा परिणत हुँदै


0
Shares

-दीपक घिमिरे/ईमेज

भैरहवा । भैरहवा–परासी सडकखण्ड औद्योगिक करिडोरको रुपमा विकास हुन थालेको छ ।

५ बर्ष अगाडिसम्म २/४ वटा मात्र उद्योग रहेको सो सडकखण्डमा अहिले दर्जनौँ उद्योग स्थापना भएका छन् ।

तर आवश्यकता अनुसार विद्युत् प्रसारण लाइन नहुँदा भने समस्या भइरहेको छ ।

हुलाकी सडक मार्गको परिचय पाएको भैरहवा–परासी सडकखण्ड अहिले औद्योगिक करिडोरको रुपमा परिणत हुन थालेको छ ।

भैरहवा–लुम्बिनी कोरिडोरमा उद्योग स्थापनामा लगाइएको रोक तथा भैरहवा–बुटवल सडकखण्डको छेउँछाउ जग्गा अभाव भएपछि भैरहवा परासी सडकखण्ड उद्योगी व्यवसायीको रोजाइमा परेको हो ।

यस मार्गमा पछिल्लो पाँच वर्षमा ४० देखि ५० अर्वको लगानीमा दर्जनौँ उद्योगहरु स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल बताउँछन् ।

बोधी रेडशन होटल, लुम्बिनी कोइर, श्री स्टिल्स्, सिद्धिविनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, गज्जबको चाउचाउ, रुसलान भोड्कालगायतका दर्जनौँ उद्योगहरु सञ्चालनमा छन् कैयौँ उद्योगहरु खुल्ने तयारीमा छन् ।

जसले यो क्षेत्र उद्योगको हव बन्दै गएको छ । लगानीकर्ता तथा व्यवसायीको आकर्षण र उत्साह निकै देखिएपनि आवश्यक विद्युत् नहुँदा उनीहरुलाई समस्या परेको छ ।

आवश्यकता अनुसारको विद्युत प्रशारण लाइन नभएपछि  उद्योगीले वैकल्पिक उर्जामा अबौँ लगानी खर्चिनुपर्दा उत्पादन लागत बढ्ने गरेको व्यवसायी भरत कुमार पोखरेलको गुनासो छ ।