Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


धनकुटाको नरिबल बिस्कुट लोकप्रिय बन्दै


0
Shares

धनकुटा । धनकुटामा बन्ने नरिबल बिस्कुट पछिल्लो समय झन् लोकप्रिय बन्दै गएको छ ।

स्थानीय सामग्रीको प्रयोगबाट उत्पादित बिस्कुटको लोकप्रियता बढेसँगै धनकुटा जिल्लामा धेरै विस्कुट उद्योग थपिएका छन् । तर पनि माग अनुसार बिस्कुट आपूर्ति भने हुन नसकेको देखिन्छ ।

धनकुटा नगरपालिका–४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले करिब ६ दशकअघि उत्पादन सुरु गरेको  धनकुटे नरिवल विस्कुटको प्रयोग अहिले व्यापक रुपमा भइरहेको छ ।

विशेष गरी खाजाको रुपमा र कहीँ कतै कोशेली लैजानको लागि यहीँ विस्कुटकै बढी प्रयोग हुन्छ ।

धनकुटामा मात्र नभइ धनकुटा भन्दा बाहिरी जिल्लामा समेत यो बिस्कुटले लोकप्रियता कमाएको छ ।

बुवाले सुरु गरेको पेसालाइ निरन्तरता आफूले पनि निरन्तरता दिइरहेको छोरा मोहन संखर श्रेष्ठको भनाइ छ ।

स्थानीय रुपमा उत्पादित दूध, घिउ र मैदा प्रयोगबाट बन्ने बिस्कुट काँचो इँटा, माटो र चीमबाट निर्मित भट्टीमा पोलेर तयार गरिन्छ । उद्योगका उत्पादन खासगरी धनकुटा सहित छिमेकी जिल्ला सम्म पुग्ने गरेको छ ।

यसको लोकप्रियता बढे संगै धनकुटामा धेरै बिस्कुट उद्योग थपिएका छन् । हाल धनकुटा नगरक्षेत्रमा मात्र १५ उद्योग दर्ता भइ सञ्चालनमा रहका छन् ।

जहाबाट एकसयभन्दा बढीले रोजगारी पाउनुका साथै बार्षिक एक करोड भन्दा बढीको बिस्कुट उत्पादन भइरहेको छ ।

बिस्कुटको बढ्दो लोकप्रियताले उपभोक्ताको माग आपूर्ती गर्न समेत नसेकेकोे घरेलु तथा साना उद्योग बिकास समिती धनकुटाका सुचना अधिकारी दीपेन्द्र बताउँछन् । 

बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा उद्योगले मागअनुसार उत्पादन हुन सकिरहेको छैन ।

बजारको माग धेरै भएपछि अन्य जिल्लाका धेरै स्थानमा नरिबल बिस्कुट उत्पादन हुन थालेको छ ।