Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मेनपावर व्यवसायी तामाङविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, पुस २० । वैदेशिक रोजगारीमा जानेहरुलाई अवैध रकम असुली गरी करछली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका स्काइ ओभरसिजका सन्चालक तामाङमाथि आयकर छलीको मुद्दा दायर गरिएको विभागले जनाएको हो ।

तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा विगो ६ करोड ४ लाख र जरिवाना १३ करोड ५३ लाख गरी १९ करोड ५७ लाख रुपैयाँ माग–दाबीसहित मुद्दा दायर भएको छ ।

वैदेशिक रोजगार व्यवसायीहरुले राजस्व छली गर्ने गरेको सूचनाका आधारमा विभागले कारबाही प्रक्रिया अघि बढाएको हो ।