
मतदानस्थल भने स्थानीय तह निर्वाचनकैलाई कायम गरिएको छ । मोरङमा ३०० मतदानस्थलमा ८९ ओटा मतदान केन्द्र थपिएको हो ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरकाअनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान केन्द्रको संख्या ७५८ पुगेको छ । यसअघि, स्थानीय तह निर्वाचनमा मोरङमा ६६९ ओटा मतदान केन्द्र थिए ।
१७ ओटा स्थानीय तह रहेको मोरङमा विराटनगर महानगरपालिकामा १३ ओटा मतदान केन्द्र थपिएको हो ।
स्थानीय तहकोभन्दा मतदाता पनि ७० हजार नयाँ थपिएका छन् । स्थानीय तहको निर्वाचनलगत्तै सन्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलनमा उनीहरु थपिएका हुन् ।
आयोगकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा सबैभन्दा बढी ६ लाख ४४ हजार ७८३ जना मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्