
बुधबार दिउँसो १ बजेसम्म मनोनयनपत्र फिर्ता गर्ने समयभित्र राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवारले मनोनयनपत्र फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्याललयका सहायक निर्वाचन अधिकृत भूमिप्रसाद शर्माकाअनुसार एकीकृत राप्रपा राष्ट्रवादीको तर्फबाट प्रतिनिधिसभाका लागि चन्द्रबहादुर गुरुङ, राप्रपा प्रजातान्त्रिकबाट प्रदेश ‘क’बाट बजिरमान गुरुङ र ‘ख’बाट रमेशराज पाण्डेको नाम दर्ता भएकोमा ती उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।
राप्रपा प्रजातान्त्रिकले नेपाली कांग्रेसलाई समर्थन गर्ने जनाइएको छ भने एकीकृत राप्रपा राष्ट्रवादीले जनसमाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ ।
योसँगै लमजुङमा अब प्रतिनिधिसभामा १० दल र एक स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
प्रदेशसभातर्फ ‘क’मा ६ दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन् भने ‘ख’मा सात दल र एक स्वतन्त्र उम्मेदवार भिड्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्