
अझै ३८ जना चुनावी मैदानमा संघर्षरत रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि नेकपा मालेबाट उम्मेदवारी दिएका गोविन्द विकको उम्मेदवारी फिर्ता भएको छ ।
यस्तै, प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर–२ मा जनसमाजवादी पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको दोलखाको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।
गोविन्द विकले स्वइच्छाले उम्मेदवारी फिर्ता लिएका हुन् भने माले र जनसमाजवादी पार्टीको चुनाव चिह्न एउटै भएका कारणले सो पार्टीको आधिकारिक पत्र प्राप्त भएकाले लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।
उम्मेदवारी फिर्ता र रद्दपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोलखा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अब १५ ओटा पार्टीका २६ र स्वतन्त्र १२ गरी ३८ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्