२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राष्ट्रपतिद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति


0
Shares

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मकरुपमा परिचालन गर्ने मन्त्रिपरिषदको निर्णयबमोजिम राष्ट्रपति भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन् । रासस