
लगानी बोर्डले प्रतिस्पर्धामार्फत आयोजना विकास गराउने तयारी गरिरहेको अवस्थाबीच ऊर्जा मन्त्रालयले टीबीआई होल्डिङ कम्पनीलाई ऊर्जामन्त्री महेन्द्रबहादुर शाही बिनाविभागीय मन्त्रीमा रूपान्तरण भएपछि सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) दिएको हो ।
नर्वेको एसएन पावरले वातावरणीय प्रभाव मूल्यांकनसमेत तयार गरी अध्ययन पूरा गरेको तामाकोसी तेस्रोबाट ०७२ पुस २८ गते हात झिकेपछि यो आयोजना लगानी बोर्ड मातहतमा आएको थियो । लगानी बोर्ड ऐनले ५ सय मेगावाट भन्दामाथिका जलविद्युत् आयोजनाको बन्दोबस्ती बोर्डले गर्ने प्रावधान छ ।
लगानी बोर्डले प्रतिस्पर्धामार्फत यो आयोजना निर्माण गर्न आवश्यक प्रक्रिया र कागजात तयारी गरिरहेको र ‘मोडालिटी सम्बन्धी ऊर्जा मन्त्रालयको राय परामर्शका लागि पत्राचार गरेको बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए ।
उनले बोर्डको पत्रको कुनै औपचारिक चासो नदिएको मन्त्रालयले बुधबार एकाएक टीबीआई होल्डिङलाई लाइसेन्स दिइएको बोधार्थ आफूकहाँ प्राप्त भएको बताए । उनका अनुसार गत माघमा बोर्डले काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनपछि तामाकोसी तेस्रोमा लगानी गर्न विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त १० वटा कम्पनीले प्रस्ताव गरेका थिए ।
बुधबार मात्रै जापानकै कान्साई भन्ने कम्पनीले समेत यो आयोजनामा चासो देखाएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्