२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष १ खर्ब ८ अर्बको धान उत्पादन हुने


0
Shares

अहिलेसम्मको इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७४/०७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । गत वर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ । गत आर्थिक वर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो । –नागरिक दैनिकबाट