२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


तनहुँ–१ बाट टिकट माग्दै गोविन्दराज जोशी सडकमा, दिए चेतावनी


0
Shares

प्रतिनिधिसभातर्फ तनहुँको क्षेत्र नम्बर–१ मा जोशीलाई टिकट दिनुपर्ने माग गर्दै बिहीबार जोशी पक्षधरले प्रदर्शन गरेका हुन् । जोशी पक्षधरले दमौलीमा बृहत् र्‍याली निकालेका छन् ।

नेता जोशीले पार्टीले टिकट नदिएपनि आफू कुनै हालतमा पछि नहट्ने बताए ।

उनले पार्टीले बेलैमा इमान्दारिता नदेखाए त्यसको जिम्मेवारी शीर्ष नेताले लिनुपर्ने चेतावनी दिए ।

तनहुँको क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने घोषणा गरिसकेका छन् भने जोशीले पनि त्यही क्षेत्र ताकेपछि दुई नेताबीचको विवाद छताछुल्ल भएको हो ।