३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


काठमाडौंमा रगतको अभाव, रक्तदान गर्न आह्वान


0
Shares

चाड पर्वहरुको लामो विदाका कारण रक्त संकलनमा कमी आउँदा उपत्यकामा रगतको अभाव देखिएको रक्तसन्चार केन्द्रकी निर्देशक डा.मनिता कर्णिकारले जानकारी दिइन् ।

एक हप्तादेखि रगतको अभाव देखिएकाले विरामीको माग अनुसारको आपूर्ति गर्न समस्या भइरहेको उनको भनाइ छ ।

उपत्यकामा दिनहुँ २०० युनिट रगत वितरण हुने गरेकोमा अहिले माग अनुसारको आपूर्ति गर्न नसकिएको उनले बताइन् । वर्षेनी रगतको माग १३ प्रतिशतले बढिरहेको छ भने वर्षेनी ३ लाख ३० हजार युनिट रगतको माग हुने गरेको छ ।

३ प्रतिशत ‘ओ पोजेटिभ’ रगतको वर्षेनी माग हुने गरे पनि मागअनुसार उपलब्ध नभएको पनि केन्द्रले जनाएको छ । रक्तदानबाट मानिसको शरिरलाई कुनै हानि नोक्सानी नगर्ने हुँदा निर्धक्क भएर रक्तदान कार्यमा सरिक हुन केन्द्रले सबैलाई आग्रहसमेत गरेको छ ।