
कम्पनीको शुक्रबार सम्पन्न १६औं वार्षिक साधारणसभाले सेयरधनीलाई नगद लाभांस उपलब्ध गराउने निर्णय गरेको छ ।
गुल्मी जिल्लाको रिडीमा कम्पनीले २.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सन्चालन गरिरहेको छ ।
कम्पनीले हाल ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको र यसै वर्ष निर्माण सम्पन्न हुनेछ ।
कम्पनीले बुटवलमा ८.५ मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्यऊर्जा प्रणाली निर्माण गर्ने अनुमतिपत्र लिएको छ ।
सौर्यप्रणाली जडानका लागि कम्पनीले अधिकृत पुँजीमा वृद्धि गरी रु एक अर्ब पुर्याउने प्रस्ताव पारित गरेको कम्पनीका सन्चालक समितिका अध्यक्ष बच्छराज तातेडले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्