२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको मूल्यमा पुनः कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको साढे ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलाको ५५ हजार ७०० रुपैयाँमा स्थीर रहेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६८ डलर हाराहारीमा कारोबार भएको थियो ।