Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आन्तरिक राजस्व २४ प्रतिशतले वृद्धि


0
Shares

आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बराबर रहेकोमा ५१ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ बराबर संकलन भइ लक्ष्यको तुलनामा १०१ प्रतिशतको प्रगति भएको र गत वर्षको असोजसम्मको असुलीको तुलनामा २४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको हो ।

शीर्षकगतरूपमा आयकरतर्फ २० अर्ब ७३ लाख, मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड २७ लाख र अन्तःशुल्कतर्फ १२ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ बराबर संकलन भएको विभागले जनाएको छ ।

यसैगरी, शिक्षा सेवा शुल्क २० करोड २२ लाख र स्वास्थ्य सेवा कर २७ करोड ७९ लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।

विभागलाई चालू आर्थिक वर्षमा २ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकिएको छ ।