२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


गल्ती श्रीमानको, सजाय श्रीमतीले भोग्दै


0
Shares

उनका श्रीमान मजदुरीका लागि भारत जान्थे । भारतमा असुरक्षित यौनसम्पर्क गरेका कारण एचआईभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ ।

नानीदेवीले श्रीमानको मृत्यु भएको ५ वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको जानकारी पाइन् । उपचारमा हालसम्म उनले आफ्नो खेतबारी बेचिसकेकी छन् ।

उनका देवरको पनि एचआईभीका कारण मृत्यु भइसकेको छ ।

जाक्सीकै ६३ वर्षीय धनसरा माझीको पीडा पनि कम छैन । उनले आफू एचआईभी संक्रमित भएको थाहा पाएको १० वर्ष बित्यो । मजदुरीकै क्रममा उनका श्रीमानको भारतमा मृत्यु भएपछि उनी लामो समयसम्म बिरामी भइन् । नेपालगञ्जमा परीक्षण गर्दा उनमा पनि संक्रमण भएको खुल्यो । –नेपाल समाचारपत्र दैनिकबाट