
जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले कात्तिक १६ गतेबाट मतदाता शिक्षा कार्यक्रम सन्चालन हुने जानकारी दिए ।
मतदाता शिक्षा प्रदान गर्न १८२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लाका ८४ ओटै वडाका वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको छ ।
प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा सदस्य निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्