२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


उद्योगी व्यवसायीहरुद्वारा कालो बजारी ऐन शंशोधनको माग


0
Shares

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटी ऐन शंशोधनको माग राखेको हो ।

पुरानो ऐनले विद्यमान बजारको समस्यालाई सम्वोधन गर्न नसकेको भन्दै प्रतिनिधिमन्डलले ऐनलाई समयसापेक्ष रुपमा शंशोधन गर्नुपर्ने खाँंचो औंल्यायो ।

अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यपारीहरुलाई दुःख दिने काम भएको बताए । अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयलगायत प्रहरी प्रशासनबाट बजार अनुगमन हुने गरेकाले शंशोधित ऐनमा बजार अनुगमनका क्षेत्राधिकार स्पष्ट गर्नुपर्ने उनंले बताए ।

भेटमा मुख्य सचिव रेग्मीले निजी क्षेत्रलाई विपक्षीको रुपमा लिएर सरकारको तर्फबाट दमनको काम आफ्नो कार्यकालमा कहिल्यै नहुने स्पष्ट पारे ।

सरकार र निजी क्षेत्रबीचको संयुक्त सहकार्यबाट मात्रै मुलुक समृद्ध हुने भएकाले दुवै पक्ष मिलेर अगाडि वढ्नुपर्ने आवश्यकता उनंले औंल्याएको चेम्बरले जनाएको छ ।