Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


‘लिभिङ टुगेदर’ जोडीको भर आई-पिल चक्कीमा


0
Shares

उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’

असुरक्षित यौन सम्पर्क भएको ७२ घन्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउँछन् ।

‘पछिल्लो सयम ७२ घन्टे चक्की(आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा बर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्,‘ यो चक्की प्रयोग गर्नेमा स्कुल कलेजका छात्रा बढी पाइएको छ ।’

सामाजिक संजाल फेसबुक र युट्यूबमा सजिलै हेर्न पाइने अश्लिल चलचित्र (पोर्नोग्राफी) का कारण पनि विपरित लिंगबीच असुरक्षित यौन सम्बन्ध राख्ने क्रममा बृद्धि भइरहेको छ । -राजधानी दैनिकबाट