२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको मूल्य तोलामा २०० ले ओरालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा २०० रुपैयाँले नै उकालो लागेर तोलाको ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७० डलर हाराहारीमा कारोबार भएको थियो ।