२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


मतदाता ओसार्न हवाइजहाज चार्टर, आयोग भन्छः ‘घोडा प्रयोग गर्न पाइन्छ’


0
Shares

सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् ।

तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन् ।

वाम गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौंबाट ल्याउनुपर्ने २ सय मतदाताको सूची बुझाएको छ ।

‘सबैलाई जहाज चार्टर गरेर ल्याउन गाह्रै छ’, लामाले भने, ‘अगुवा नेता, कार्यकर्तालाई भने ल्याउनैपर्ने बाध्यता छ । उम्मेदवारका लागि सबैभन्दा ठूलो खर्च र टाउको दुखाइ यसैमा छ ।’

शुभेच्छुक मतदाताको पनि ५० प्रतिशत हवाइ भाडा आफूले ब्यहोर्नुपरेको उनी सुनाउछन् । प्रचार सामग्री ओसार्न महँगो हवाइ भाडा खर्चनु छँदै छ ।

कर्णाली क्षेत्रका दुई जिल्ला हुम्ला र डोल्पामा मोटरबाटो पुगेको छैन । मोटरबाटो पुगे पनि मुगु र जुम्लाका अगुवा नेता–कार्यकर्ता पनि उम्मेदवारकै खर्चमा जहाज चढेर चुनावका लागि घर फर्कने गरेका छन् ।

हुम्लाका तल्लो भेगका विद्यार्थी र युवालाई भने आफूले बाजुरा तथा मुगुसम्म मोटर चढेर आई पैदल हिँडेर गाउ‘ आउन अनुरोध गरेको उल्लेख गर्दै लामाले थपे, ‘पॉच वर्ष उद्योग चलाएर चुनाव लड्नेलाई ठिकै छ, पार्टी चलाएर बस्ने इमानदार नेतालाई एकदमै गाह्रो छ ।’

काठमाडौं तथा नेपालगन्जबाट हुम्ला, डोल्पा र मुगुमा जहाज चार्टर भाडा प्रतिव्यक्ति ९ हजारदेखि १५ हजारसम्म छ।

दुर्गममा थोरै भोटले हारजित हुन्छ । त्यसैले आफ्ना पार्टी नेता९कार्यकर्ता र शुभेच्छुक मतदातालाई जिल्ला फर्काउनु कर्णालीका उम्मेदवारको चुनौती बनेको छ ।

प्रदेशसभातर्फ मुगु ‘क’ मा माओवादी केन्द्रबाट उम्मेदवारीको तयारी गरेका राजु कार्कीले दसैंतिहार सेरोफेरोमै पाँच चार्टर गरेर मतदाता ओसारे ।

त्यस्तै, खत्याड क्षेत्रका झन्डै ३ सय मतदाता उनकै पहलमा गाउ‘ फर्किए ।

तर, वाम गठबन्धनपछि मुगुका प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा एमाले उम्मेदवार मात्र उठ्ने सहमति भयो । ‘मैले हवाइ र स्थलमार्गबाट करिब ३ सय मतदाता फर्काउन सघाएँ,’ उनले भने, ‘उम्मेदवारी नपाएपछि त्यो खर्च वाम गठबन्धनका लागि भयो भन्ने ठानेको छु ।’

गत संविधानसभामा सदस्य उम्मेदवार भई पराजित एमाले हुम्ला अध्यक्ष दल रावल मोटरबाटोले नछोएको दुर्गम हिमाली जिल्लाका चुनाव निकै महंगो हुने गरेको बताउछन् ।

अघिल्लो निर्वाचनमा आफूले सबैभन्दा कम दुईपटक जहाज चार्टर गरेको उनको दाबी छ । ‘नेता–कार्यकर्ताको दबाब त असाध्यै हुन्छ ।

तर, सामान्य उम्मेदवारले सक्दैन,’ उनले भने, ‘चुनावी खर्च थामिनसक्नै छैन ।’ अहिले उनी हुम्ला प्रदेशसभा ‘क’ बाट उम्मेदवार छन् ।

डोल्पामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार धनु बुढा अहिले चुनावी प्रचारप्रसारका लागि माथिल्लो भेगमा छन् ।

तर, उनले काठमाडौं र नेपालगन्जमा रहेका शुभेच्छुक कार्यकर्तालाई हवाइ चार्टर गरेर चुनावअघि जिल्ला ल्याउने व्यवस्था मिलाइसकेको एमाले डोल्पाले जनाएको छ ।

गत संविधानसभा निर्वाचनमा उनले करिब दर्जनपटक जहाज चार्टर गरेर मतदाता ओसारेका थिए । त्यस्तै, कांग्रेसका उम्मेदवार अंगद बुढाले पनि जिल्ला फर्किने आफ्ना मतदाताको सूची तयार गरिरहेका छन् ।

‘मुख्य प्रतिस्पर्धी उम्मेदवार हो भने कम्तीमा ५र७ जहाज चार्टर नगरी चुनाव जित्ने स्थिति छैन । उम्मेदवारको मुख्य खर्च मतदाता ओसार्नै छ,’ डोल्पा कांग्रेसका एक नेताले भने ।

कांग्रेस केन्द्रीय सदस्य एवं हुम्ला ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार जीवनबहादुर शाही १२ देखि १५ हजारसम्म भाडा तिरेर मतदाता ल्याउनु निकै खर्चिलो हुने बतउँ‘छन् ।

‘एकातिर हिउ‘ पर्न लागेको छ । चुनाव आउन थालिसक्यो । ठूलो भूगोल छ, उत्तिकै दुर्गम,’ उनले भने, ‘हामीलाई त चुनाव सजाायजस्तै भएको छ ।’

शाहीले ६० मतदाता रहेको नाम्खा गाउ‘पालिका ४ स्थित चालागाउ‘ पुग्न तीन दिन हिँड्नुपर्ने उल्लेख गर्दै भने, ‘सुगम र सहरका धनीलाई सस्तो अनि दुर्गमका गरिबका लागि चुनाव महँगो छ । –कान्तिपुर दैनिकबाट