Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई, लोकमार्ग विस्तार समेत प्रभावित


0
Shares

दुई वर्षमै काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण सम्झौता भएको तीन वर्ष वितिसक्दा पनि पुल निर्माण कामले तिव्रता पाएको छैन ।

पुल निर्माण गर्ने जिम्मा लिएका ठेकेदारको लापरवाहीका कारण मोटरेबल पुल निर्माणमा ढिलाई भएको हो ।

३ वर्षअघि सानोभेरी गाउँपालिका वडा नंं. २ को सिस्नेखोला, वडा नं.७ को सरखोलालगायतका खोलामा मोटरेबल पुल निर्माणको काम शुरु गरिएको थियो ।

तर, ३ वर्ष बितिसक्दा पनि ठेकेदारले समयमै पुल निर्माण नगरेकाले निर्माणाधीन मोटरेबल पुलको काम अलपत्र अवस्थामा पुगेको छ ।

उक्त मोटरेबल पुल निर्माणको काम हालसम्म नसकिएकाले मध्यपहाडी लोकमार्गको अन्य सडकखण्ड विस्तार गर्ने काम समेत प्रभावित भएको छ ।

केही समयपछि सो सडकखण्डलाई ओटासिल गर्ने बताईए पनि ठाउँठाउँमा बन्दै गरेका निर्माणधीन पुलको अलपत्र कामले थप समस्या हुने देखिएको छ ।

यसरी लामो समयसम्म पुल निर्माणको काममा ठेकेदारले लापरबाही गर्दा पनि सडक विभाग, जिल्ला समन्वय समिति र स्थानीय तहले कुनै चासो देखाएका छैनन् ।

पुल निर्माण गर्न यसअघि नै खरिद गरिएका गिट्टी, बालुवा, सरिया, ढुंगालगायतका सामग्री सडक छेउमै अलपत्र छाडिएको छ ।