Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


जुत्ता–चप्पल मेलामा ‘उत्साहजनक सहभागिता’


0
Shares

काठमाडौं, पुस १८ । गएको शुक्रबारदेखि काठमाडौंको भृकुटीमन्डपमा जारी जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा उपभोक्ताको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रदर्शनीको हालसम्म ७० हजारजनाले अवलोकन गरिसकेको आयोजक फुटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

व्यापारभन्दा स्वदेशी जुत्ता–चप्पल एवं छालाजन्य वस्तुहरु प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको संघका अध्यक्ष कृष्णकुमार फुयाँलले बताए ।

उनले जनशक्ति, कच्चापदार्थ, प्रविधि र पुँजीको अभावमा छालाजन्य वस्तुहरु पर्याप्त उत्पादन हुन नसकेको गुनासो पनि गरे ।

यस क्षेत्रमा करिब ३५ अर्ब रुपैयाँको लगानी रहेको र प्रत्यक्ष/परोक्षरुपमा ५० हजारजनाले रोजगारी पाइरहेको संघले जनाएको छ ।

मेला बिहीबार सकिनेछ ।