काठमाडौं, पुस १८ । गुडविल फाइनान्स लिमिटेडले १४औं शाखा महोत्तरीको बर्दिवासमा स्थापना गरिएको छ ।
शाखाको बुधबार बर्दिबास नगरपालिकाका मेयर विदुर कार्की र संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले उद्घाटन गरे ।
यो शाखाको स्थापनासँगै गुडविल फाइनान्सले प्रदेश नम्बर–२ मा पनि सेवा विस्तार गरेको छ ।
हालसम्म पूर्वमा पाँचथरको फिदिम, बाँकेको नेपालगन्जसम्ममा सेवा विस्तार गरिरहेको संस्थाले चालू आर्थिक वर्षभित्र प्रदेश नम्बर–७ को धनगढीमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्