Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘चुनावले बजारमा अधिक तरलता हुने, मूल्यवृद्धि बढ्ने’


0
Shares

निर्वाचनले मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने जिज्ञासा बढेको छ ।

नेपाल राष्ट्र बैंकले निर्वाचनका कारण बजारमा अधिक तलरता हुने र त्यसले मूल्यवृद्धि बढाउनसक्ने जनाएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायणप्रसाद पौडेल निर्वाचनका लागि सरकार एवं दलहरुबाटसमेत धेरै पैसा बजारमा आउने र त्यसले मूल्यवृद्धिमा चाप पार्नसक्नेतर्फ सचेत बन्नुपर्ने बताउँछन् ।

बुधबार हामीसँग कुरा गर्दै उनले बजारमा अधिक मात्रामा हुने तरलतालाई उत्पादनशील क्षेत्रमा उपभोग गर्नसके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

निर्वाचनका बेला बजारमा हुने अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले सूक्ष्मरुपमा अनुगमन र निगरानी गरिरहेको बैंकले जनाएको छ ।