Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


साउदी अरबमा सिकेको सीपले मासिक ५० हजार गाउँमै आम्दानी


0
Shares

६१ बर्षीय वीरबहादुर र उनकी पत्नी चिजाले करेसावारीमै व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका हुन् ।

सात वर्षदेखि तरकारी खेती गर्दै आएका विक दम्पत्तीले विभिन्न जातका हरियो तरकारी फलाउने र बजार पुर्‍याएर बिक्री गर्ने गरेका छन् ।

उनीहरुले काँक्रो, करेला, घिरौंला, लौका, बोडी, सिमी, गोलभेंडालगायतका तरकारी उत्पादन गरेका छन् । तरकारी बिक्रीबाट मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुनेगरेको विकले जानकारी दिए ।

उनीहरुलाई जिल्ला कृषि विकास कार्यालयले ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

यस्तै वल्र्ड भिजन लमजुङ एडिपी र आरसीडिसी नामक गैरसरकारी संस्थालेसमेत बिउबिजनमा सहयोग गरेका छन् ।