९ असार २०८२, सोमबार | Mon Jun 23 2025


सप्तरीमा १४ हजार ५३५ मतदाता थपिए


0
Shares

जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारओटा प्रतिनिधिसभा र आठ ओटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या ३ लाख ३१ हजार ६७९ रहेको थियो । यसको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १४ हजार ५३५ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिका गरी १८ ओटा स्थानीय तह रहेका छन् । रासस