लालीगुराँस नगरपालिका–४, फुलेकस्थित चित्रे बजारबासीले नजिकैको पट्टेक डाँडामा ‘सभापोखरी’ निर्माण गरेका हुन् ।
पछिल्ला वर्षमा तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रअन्तर्गत संखुवासभाको उच्च क्षेत्रमा रहेको सभापोखरीमै पुगेर दर्शन गर्न भक्तजनलाई कठिन भएको भन्दै नजिकै पोखरी निर्माण गरिएको हो ।
स्थानीयले सो पोखरीमा सभा पोखरीको जल ल्याएर चढाएका छन् ।
धनकुटा र तेह्रथुमको सिमास्थित चित्रे बजारवासीले स्थानीय पट्टेक डाँडामा पोखरी निर्माण गरी धार्मिक पर्यटन प्रवद्र्धनको थालनी गरेका हुन् ।
पोखरी निर्माणपछि दर्शनका लागि एक हप्ता लगाएर संखुवासभाको हिमाली क्षेत्र सभापोखरी पुग्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्