Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


१५ औं हस्तकला ब्यापार मेला तथा १३ औं हस्तकला प्रतियोगिता हुने


0
Shares

मंसिर १ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

९ वटा प्याभिलियन सहित २०० स्टल रहने मेलामा उत्कृष्ट एक प्याभिलियन र एक स्टललाई पुरस्कृत गर्ने महासंघले बताएको छ । नेपालको पहिचान बनेको हस्तकला सामग्रीहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै नयाँ वस्तु विकासमा प्रोत्साहन गर्नु मेला तथा हस्तकला प्रतियोगिताको उद्देश्य छ ।

मेलामा हस्तकला र संस्कृतिबीच सम्बन्ध प्रष्ट्याउने अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शन पनि रहनेछ ।

हस्तकलाका विभिन्न वस्तुहरुको आगामी बर्षको डिजाइन प्रक्षेपण गरी प्रदर्शन गरिने मेलामा हस्तकला विकासमा योगदान पुर्‍याएका उद्यमी तथा कलाकारलाई सम्मान पनि गरिनेछ भने हस्तकला, टेक्सटाइल र गरगहना विधाबाट एक–एक उत्कृष्ट वस्तुलाई समेत पुरस्कृत गरिनेछ ।

मेलामा हस्तकलाकर्मी, ब्यवसायी तथा स्वदेशी, विदेशी क्रेताबीच ‘बी टु बी’ वैठक हुनेछ ।

अर्को आकर्षणका रुपमा १३ औं हस्तकला प्रतियोगितामा पोतेजन्य वस्तु प्रतियोगिता आयोजना हुनेछ । जसमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।