३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सुत्केरीको मृत्युपछि गन्डकी मेडिकल कलेज तनावपूर्ण


0
Shares

स्यांग्जाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेजअगाडि नाराबाजी गरेका थिए ।

उनीहरुले कलेजको अगाडि टायर बाल्नाका साथै गेटमा तालाबन्दीसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यही कात्तिक ११ गते अस्पताल भर्ना गरिएकामा सोही दिन शल्यक्रियाबाट उनले शिशु जन्माएकी र सोही दिनदेखि बेहोस भएर मृत्यु भएकी अर्यालको अवस्थाबारे अस्पताल पक्षले केही जानकारी नदिई शुक्रबार साँझमात्रै मृत्यु भएको घोषणा गरेको थियो ।

आइतबार कलेज प्रशासन र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालयमा छलफल गरी समस्या समाधान गरिने प्रहरीले जनाएको छ । रासस