३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


एक वर्षभित्र काठमाडौंलाई धुमपानरहित शहर बनाइने


0
Shares

नसर्ने रोग खासगरी मुटुरोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउन यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सद्भावना राजदूत मिचेल आर ब्लोमवर्गको सहयोगमा जनस्वास्थ्य कार्यालय काठमाडौं शहरलाई अभियान सुरु गर्न लागेको हो ।

डब्लुएचओका सद्भावना राजदूत ब्लोमवर्गले भनिन्, ‘यतिबेला कार्यक्रम सुरु गरिसक्नुपर्ने थियो तर निर्वाचन आचारसंहित लागू भएपछि नयाँ कार्यक्रम गर्न नसकिएको हो, अन्य तयारी भने गरिसकेका छौँ ।’

गतवर्ष संसारका १२औं धनी व्यक्ति अमेरिकाको न्युर्योक शहरका तथा पूर्वप्रमुख मिचेल आर ब्लोमवर्गलाई संगठनले नसर्ने रोग र इन्जुरी नियन्त्रणका लागि सद्भावना राजदूत नियुक्ति गरेको थियो । उनले नै संसारका ५० शहरलाई स्वस्थ शहर बनाउने घोषणा गरेकी थिइन् ।

संगठनले विश्वका इच्छुक शहरलाई स्वस्थ शहर बनाउन १० ओटा क्षेत्रमध्ये कुनै एक क्षेत्र छनौट निवेदन माग गरेको थियो ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले संगठनले आफूहरुले दिएको काठमाडौं महानगरलाई धुमपानरहित बनाउने क्षेत्र रोजी निवेदन दिएकामा काठमाडौं शहर पनि छनोट भएको बताए । छानिएका ५० शहरमध्ये १४ शहर एसियाका परेका छन् ।

एक वर्षमा काठमाडौं शहर ८५ प्रतिशत धुम्रपानरहित बनाउने तथा त्यसको अनुगमन महानगरीय प्रहरीले गर्ने बताइएको छ । त्यसको प्रगति प्रतिवेदन काठमाडौं महानगरपालिकाका प्रमुखले आगामी अक्टोबरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गर्ने प्रमुख श्रेष्ठले बताए । उनले त्यसका लागि रु एक करोडको सम्झौता भइसकेको र क्रमबद्ध रुपमा रकम आउने क्रममा रु २५ लाख तुरुन्तै आउने जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १६ लाख मानिसको नसर्ने रोगका कारण ७० वर्ष अगाडि नै मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पनि नसर्ने रोगबाट हुने मृत्युदर ६० प्रतिशतभन्दा बढी छ । त्यसका लागि क्याफे, होटल रेस्टुराँलगायतका सबै सरोकारवालासँग पनि छलफल गरी जनचेतना, अभिमुखीकरण कार्यक्रम गर्ने बताइएको छ ।

निवेदन दिने शहरले सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण, पोषण, स्वस्थ खाना, सडक सुरक्षा, मादक सेवनरहित सवारी, सवारी चलाउँदा हेलमेटको प्रयोग, शहरमा पदमार्ग, साइकल, बाइकको व्यवस्थापन, वायु प्रदूषण नियन्त्रण, नसर्ने रोगबारे अभियान र अनुगमनबारे कुनै एक विषयमा काम गर्ने प्रतिवेदनसहित निवेदन दिएका थिए । रासस