३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


कोशी अन्चल अस्पतालको एक्सरे मेसिन नबन्दा समस्या


0
Shares

एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् ।

गतवर्षसम्म विराटनगरस्थित कोशी अन्चल अस्पतालमा दुईओटा एक्सरे मेसिन थिए । एउटा गत वर्षदेखि नै बिग्रिएर थन्किएको छ । भएको एउटा पनि एक्सरे मेशिन बिग्रिएको २० दिन बितिसकेको छ ।

सम्बन्धित निकायले तदारुकताका साथ पहल नगर्दा सर्वसाधारण जनता महँगो मूल्य तिरेर निजी क्लिनिकमा एक्सरे गर्न बाध्य भएका हुन् । अस्पतालमा दैनिक एक हजारभन्दा बढीले सेवा लिँदै आएका छन् ।

कोशी अन्चल अस्पतालमा रु ४०० मा एक्सरे हुन्छ भने बाहिर गएर गरेमा ८०० भन्दा बढी तिर्नुपर्छ । गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको अस्पतालमा दुईओटा एक्सरे मेसिन भएपनि एउटा मर्मत गर्न धेरै रकम लाग्ने भएर एक वर्षदेखि बिग्रिएर थन्किएको हो । अर्को एक्सरे मेशिन बिग्रिएको २० दिन भइसकेको छ ।

रेडियोलोजिस्ट विभागका कार्यालय सहायक सुनिल कामतले काम लाग्ने एउटा मात्रै मेशिन भएको र त्यो पनि बिग्रेकाले समस्या भएको बताए । अस्पतालका नायब सुब्बा कौशल पोख्रेलले जर्मनीबाट सामान आउने भएकाले अझै हप्ता १० दिन लाग्ने बताए । रासस