काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘विकास र समुन्नतिको आधार विभेदरहित समाजको निर्माण’ नाराका साथ घोषणापत्र सार्वजनिक गरेको हो ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीपद्धति स्वीकार्ने उल्लेख रहेको घोषणपत्रमा प्रदेश नम्बर ३ को नामाकरण ‘नेवाः–ताम्सालिङ’ राख्न प्रयास गर्ने, नेपाल सम्वतको सरकारी कामकाजमा प्रयोग, मिश्रित अर्थतन्त्र, स्वदेशमै रोजगारको सृजना, कृषिमा आधारित उद्योगको विकास, अनिवार्य मातृभाषा शिक्षा, राष्ट्रिय सम्पदा पुनस्र्थापना, काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गर्ने उल्लेख छ ।
त्यस्तै, महिला, गरिबीको रेखामुनि रहेका, अशक्त, असाहाय, अपांगता भएका नागरिकको विशेष व्यवस्थाका लागि भूमिका खेल्ने उल्लेख रहेको घोषणापत्रमा सडक, फोहरमैला, यातायात, पानी व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख छ भने बालअधिकार तथा मानव अधिकार सुनिश्चित गर्न दृढ भई अगाडी बढ्ने पनि घोषणासमेत गरिएको छ ।
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुले काठमाडौं जिल्ला प्रदेशसभा क्षेत्र नम्बर–७ (क)बाट उम्मेदवारी दिएका छन् भने सोही जिल्लाको क्षेत्र नम्बर–८ (क)मा रामहरी रंजित, क्षेत्र नम्बर–१० (ख)मा विष्णु गोपालीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, प्रतिनिधिसभाका लागि काभ्रे क्षेत्र नम्बर १ मा सुन्तलाकाजी श्रेष्ठ र काठमाडौं क्षेत्र नम्बर–९ मा खगेश रंजितकारले उम्मेदवारी दिएका छन् । समानुपातिकतर्फ ३१ उम्मेदवारको सूची दर्ता गराएको पार्टीले जनाएको छ ।
घोषणापत्रमा संविधान संशोधनमार्फत आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिम, खस, थारु, अल्पसंख्यक, अपांगता भएकाको अधिकार सुनिश्चित गर्न पार्टीले भूमिका खेल्ने उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्