Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


राजनीतिक स्थायित्वका लागि वाम एकता : रावल


0
Shares

अछामको मेल्लेख गाउँपालिका–८ मा मंगलबार वाम गठबन्धनको चुनावीसभामा उनले भने–‘चुनाव जित्नका लागिमात्र नभइ देशमा राजनीतिक स्थायित्वका लागि वाम एकता भएको हो ।’

अछाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका रावलले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने दाबी गरे ।

आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर ५ वर्ष सरकार सन्चालन गर्ने बताउँदै उनले भने–‘वाम गठबन्धनको सरकारले राष्ट्रिय एकतालाई बलियो पार्दै मुलुकमा आर्थिक समृद्धि गर्ने काम गर्छ ।’

एमालेबाट प्रदेशसभा सदस्य समानुपातिकतर्फका उम्मेदवार कृष्णप्रसाद जैसीले जिल्लाका ग्रामीणस्तरको विकासका लागि वाम गठबन्धन सधैं अघि रहेको बताए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तारामान स्वाँरले वाम गठबन्धन भएपछि जनतामा आशाको किरण पलाएको हुँदा वाम गठबन्धनको जित सुनिश्चित रहेको धारणा व्यक्त गरे ।

माओवादी केन्द्रका अर्का पोलिटब्यूरो सदस्य दीपक साउदले वाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबैमा आग्रह गरे ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष कालुसिंह साउदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस