३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


जिल्ला अस्पताल धादिङमा डिजिटल एक्स–रे सेवा संचालन


0
Shares

                                          फाइल तस्वीर

अस्पतालमा विगतका दिनहरुमा प्रयोग हुँदै आएको एक्स–रे मेसिन बिग्रिएर बिरामीहरुले राम्रो उपचार पाउन नसकेपछि अहिले डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याइएको हो ।

काठमाडौं तथा अन्य ठुला अस्पतालहरुमा यो सेवा संचालनमा आए पनि जिल्लामा भने पहिलोपटक यो सेवा संचालनमा आएको हो । पुरानो एक्स–रे मेसिनमाभन्दा यसमा काम गर्न छिटो र छरितो हुने जिल्ला अस्पताल धादिङका रेडियोग्राफी अधिकृत ठाकुर लम्सालले बताए ।

पुरानो मेसिनबाट एक्स–रे गर्दा पानीमा चोपलेर धुलाउने गरिन्थ्यो भने अहिले बिरामीको अभिलेख राख्न तथा पछिसम्मको लागि पनि रिपोर्ट राख्न सकिने तथा गुणस्तरीयसमेत हुने अस्पतालको भनाइ छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत आपुर्ति माहाशाखाले धादिङ जिल्ला अस्पताललाई डिजिटल एक्स–रे उपलव्ध गराएको हो ।