८ असार २०८२, आइतबार | Sun Jun 22 2025


हिमाली जिल्लाहरुमा मतदाता शिक्षामा ढिलाई, मतपत्र बदर हुने खतरा


0
Shares

मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले अझैसम्म पनि मतदाता शिक्षा सञ्चालन गर्न सकेको छैन ।

यसले निर्वाचनमा मतपत्र बदर हुने जोखिम बढेको छ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक–फरक व्यवस्था गरेको र समानुपातिकतर्फ भने एउटै मात्र मतपत्र बनाएका कारण मतदाता झुक्किने सम्भावना रहेको सरोकारवालाहरुले बताएका छन् ।

उनीहरुले तत्काल मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले भने आगामी शनिबारबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । रसुवा आगामी निर्वाचनमा ३३ हजार ३ सय २२ जना मतदाता सहभागी हुँदै छन् ।