८ असार २०८२, आइतबार | Sun Jun 22 2025


ताप्लेजुङमा उम्मेदवारको घरमा कालो झण्डा, नेकपाद्वारा घर कब्जा गरिएको दाबी


0
Shares

                                       प्रतीकात्मक तस्वीर

ताप्लेजुङको साविक चाँगे गाविसमा रहेको आङबुहाङको घरमा बुधबार बिहान सो पार्टीका कार्यकर्ताले कालोझण्डा गाडेका हुन् ।

यसअघि विज्ञप्ति प्रकाशन गरी उम्मेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई बेवास्ता गरिएकाले आङ्बुहाङको घरमा कालोझण्डा गाडि घर कब्जामा लिएको नेकपाका जिल्ला ईन्चार्ज आशिषले टेलिफोनमा बताए ।

आफूहरुले चुनाव खारेजीको माग गर्दै उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि फिर्ता नलिएकाले पूर्वघोषित कार्यक्रम बमोजिम उम्मेदवारको घरमा कालो झण्डा गाडेको आशिषले बताए ।

यता प्रमुख जिल्ला अधिकारी मोहन जीसीले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएको र सो स्थानमा प्रहरी पठाईएकोले थप विवरण आउन बाँकी रहेको बताए ।