Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


४३ सदस्यीय कांग्रेसको प्रचार–प्रसार उपसमितिमा को–को ?


0
Shares

gagan thapa nepali congress pm nepal kp oli NCP primeminister

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठित पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय सदस्य गगनकुमार थापा संयोजकत्वको प्रचार–प्रसार उपसमितिलाई बुधबार पूर्णता दिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कुल ४३ सदस्यीय उपसमितिको सहसंयोजकमा बद्री पाण्डे, उपसंयोजकमा बद्री सिग्देल र सदस्यमा होमनाथ दाहाल, पुरुषोत्तम बस्नेत, शोभाकर पराजुली, हरिहर विरही, किशोर नेपाल, तारानाथ दाहाल, डा. सुुरेश आचार्य र धर्मेन्द्र झा रहेका छन् ।

त्यस्तै, सदस्यमा डा. तुलसीप्रसाद भट्टराई, पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, श्रीआचार्य, हरिविनोद अधिकारी, देवप्रकाश त्रिपाठी, कवीर राणा, तीर्थ थापा, श्रवण मुकारुङ, हरि अधिकारी, रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, मोहन ज्ञवाली, समीरजंग शाह, कृष्ण केसी र परसु घिमिरे छन् ।

उपसमितिमा डा. सुधांशु दाहाल, गोपाल झा, अजयबाबु शिवाकोटी, विनकुमार विश्वकर्मा, डा. लोक भट्टराई, वसन्तप्रकाश उपाध्याय, सहजमान श्रेष्ठ, रमेश विष्ट, प्रकाश थापा, प्रकाश रिमाल, दामोदर दवाडी, गोविन्द परियार, महेन्द्र अर्याल, चन्द्र ढकाल र ठाकुर सिम्खडा सदस्य छन् । रासस